गोरखाखबर(गोरखा, ७ साउन) । गोरखामा आर्थिक वर्ष २०७७/०७८ मा सवारी नियम उल्लंघन गर्ने ८ हजार ५ सय सवारी साधन कारवाहीमा परेको छ । ति सवारी साधन लाई कारवाही स्वरुप गराएको आर्थिक जरिवाना बापत ६० लाख २९ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । सवारी नियम उल्लंघन गरे वापत कारवाही पर्ने सवारी साधनमा १ हजार ५ सय ८४ वटा ट्रक/ट्रिपर, १ हजार ४ वटा बस, १ हजार ४ सय ५८ वटा कार/जिप, १ हजार ४ सय ६९ वटा ट्याक्टर, २ हजार ९ सय ८५ वटा मोटरसाइकल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मित्रलाल ढकालले जानकारी दिए । त्यस्तै एकवर्षको अवधिमा गोरखामा १७ वटा सवारी दुर्घटना भएको छ ।