गोरखाखबर(गोरखा, २६ असार) । नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीहरु तथा नेपाली कांग्रेसका ७ वटै प्रदेशका युवा नेताहरुको प्रतिनिधिमुलक भेला गोबिन्द भट्टराई लगायतका कांग्रेस नेताहरुको उपस्थितीमा शनिवार गोरखामा सम्पन्न भएको छ । भेलाले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन सम्पन्न गर्न तमाम युवाहरुलाई सक्रियताका साथ सहभागी हुन आह्वान गर्ने, सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न आवश्यक पहल गर्ने, कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेकोले तत्काल सम्पूर्ण नागरिकलाई भ्याक्सिनको ब्यवस्था गर्न माग गर्ने,बाढी, पहिरो पिडित जनताको तत्काल उचित बसोबासको ब्यवस्था सहित राहत प्रदान गर्ने ब्यवस्था मिलाउन माग गर्ने र आगामी दिनमा नेपाली कांग्रेसमा युवालाई ब्यापाक रुपमा आवद्ध गराउन बैचारिक र राजनितिक कार्यक्रम तर्जुमा गर्ने निर्णय गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।