बोर्लाङको भीमकुल सहकारीबाट लाखौं रकम चोरी


गोरखा खबर
  • शनिबार, असार २६ २०७८

  • गोरखाखबर(गोरखा, २६ असार) । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति लाखौं रुपियाँ चोरी भएको छ । करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार राति करिब सवा तीन बजे सहकारीको मूल गेट फुटाएर ऋण शाखाको सेफमा रहेको रकम चोरी भएको हो । रकम चोरीको विषयमा अनुसन्धान गर्न बोर्लाङ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार