गोरखामा नेपाल समूहको १६१ सदस्यीय युवा संघको जिल्ला कमिटी


गोरखा खबर
  • सोमबार, असार २१ २०७८

  • गोरखाखबर(गोरखा, २१ असार) । एमाले नेपाल समूह निकट युवा संघको १ सय ६१ सदस्य गोरखा जिल्ला कमिटी गठन भएको छ । शिवराज पौडेलको अध्यक्षतामा पदाधिकारी सहित १ सय ६१ सदस्यीय जिल्ला कमिटी लाई पूर्णता दिएको छ । कमिटीको उपाध्यक्षमा निरज घले, सचिवमा अन्जन देवकोटा, कोषाध्यक्षमा इश्वर रेग्मी लाई चयन गरेको छ । यस अघि प्रदेश इन्चार्जमा रेखा लोप्चन, सह–इन्चार्जमा विश्वज्योती बाँनिया र गोरखाको अध्यक्षमा शिवराज पौडेलले जिम्मेवारी पाइसकेकोमा भर्चअल बैठक मार्फत अहिले जिल्ला कमिटी लाई पूर्णता दिएको हो । पदाधिकारी, ५८ जना सचिवालय सदस्य र ९९ जना सदस्य गरी अध्यक्ष सहित १ सय ६१ जनाको जिल्ला कमिटी गठन गरिएको प्रदेश इन्चार्ज रेखा लोप्चन, सह–इन्चार्ज विश्वज्योती बाँनिया र जिल्ला अध्यक्ष शिवराज पौडेलद्वारा हस्ताक्षरित संघद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार