आरुचनौटे कृषि सहकारीको उदघाटन


गोरखा खबर
  • सोमबार, असार २१ २०७८

  • गोरखाखबर(गोरखा, २१ असार) । कृषि तथा पशुपालनमा सघाउने उद्देश्यले गोरखाको आरुघाटमा आरुचनौटे कृषि सहकारी संस्था लिमिटेडको स्थापना भएको छ । आरुघाट गाउँपालिका वडा नं ९ आरुटारमा स्थापित उक्त सहकारी संस्थाको कार्यालयको सोमवार एक कार्यक्रम बीच गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले उद्घाटन गरे । संस्थाका अध्यक्ष शत्रुघन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, वडा नं ९ का वडाध्यक्ष डिल बहादुर रोका, भीमोदय क्याम्पसका डा.विरेन्द्र पुडासैनी, सनराइज वचत सहकारी संस्थाका अध्यक्ष टिका नारायण श्रेष्ठ, आरुचनौटे कृषि सहकारी संस्थाका सचिव उदय प्रसाद श्रेष्ठ र कोषाध्यक्ष गणेश कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कूल ६० जना संस्थापक शेयर सदस्य रहेको उक्त कृषि सहकारी संस्थाको कूल पुँजी ३३ लाख रहेको संस्थाका अध्यक्ष शत्रुघन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कृषि आधुनिकीकरण, पशुपालन, मत्स्यपालन, माहुरी पालन लगायतका काम लाई सघाउने उद्देश्य रहेको यस संस्थाको आगामी दिनमा थप शेयर सदस्य विस्तार गर्ने लक्ष्य रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार