गोरखाखबर(गोरखा,१९ असार) । गोरखाको अजिरकोट र बारपाक सुलिकोट जोड्ने मोटरेबल पक्की पुलमा बाढीले क्षति पुगे पछि आवागमन बन्द भएको छ । गोरखाको बाह्रकिलो बारपाक सडक खण्डमा पर्ने अजिरकोट र बारपाक जोड्ने दरौंदी माथीको मोटरेबल पक्की पुलको एकापट्टी भाग बगाएको छ । दरौंदी नदीको बहाब बढेर पुलको एकातर्फको भाग बगाए पछि यातायत तथा मानिसको आवागमन बन्द भएको स्थानीय मन बहादुर तामाङले जानकारी दिए ।