गोरखाको उपल्लो गोहोरेमा घर पुरिदा श्रीमान श्रीमतिको मृत्यु


गोरखा खबर
  • शनिबार, असार १९ २०७८

  • गोरखाखबर(गोरखा,१९ असार) । पहिरोले घर पुरिदा गोरखाको सिरानचोक उपल्लो गोहोरेमा वृद्ध दम्पत्तिको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका वडा नं ७ उपल्लो गोहोरेमा शुक्रवार राती पहिरोले घर पुरिदा ८६ वर्षका रमण पाण्डे र उनकी श्रीमती ६८ वर्षकी नन्द कुमारी पाण्डेको मृत्यु भएको हो । घर भन्दा ६०/७० मिटर माथी रहेको सडक बाट पहिरो आएर घर पुरिदा मृत्यु भएका दुवैजनाको इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी टोली र स्थानीयको प्रयास बाट शव निकालिएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार