गोरखाखबर(गोरखा,१९ असार) । गोरखामा जारी निषेधाज्ञा असार २९ गते सम्म लम्बिने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले असार १९ गते राती १२ बजे जारी भएको निषेधाज्ञाको अवधि लाई असार २९ गते राती १२ बजे सम्मका लागि थपेको हो । तर सिट क्षमता अनुसार,स्वास्थ्य मापदण्ड पालना गरी चालक, सह चालक र यात्रुले अनिवार्य सुरक्षाका उपाए अपनाएर जिल्ला भित्र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै, सर्वसाधारण नागरिकको भिड हुने भन्दै सेवा बन्द गरिएको मालपोत, नापी र जिल्ला प्रशासन कार्यालयले पनि सेवा सुचारु गर्ने भएको जिल्ला प्रशासन कार्यालय गोरखाद्वारा जारी निषेधाज्ञाको सुचनामा उल्लेख छ ।