गोरखामा बर्षाको विपत्ति : झोलुङ्ग पुलमा क्षति, ५ सडक अवरुद्ध


गोरखा खबर
  • शुक्रबार, असार १८ २०७८

  • गोरखाखबर(गोरखा, १८ असार) । अबिरल वर्षा पछि आएको बाढी पहिरोका कारण एक झोलुङ्गे भासिनुका साथै ५ सडक अवरुद्ध भयो । गोरखा नगरपालिका वडा नं १४ एक्लेफाँट र गोप्लिङ्ग जोड्ने झोलुङ्गे पुलको एकातर्फ भासिए पछि पुल मर्स्याङ्दी नदीमा खसे पछि आवागमन बन्द भएको छ । पहिरो खसेको कारण गोरखा नगरपालिका नं १३ रामशाह टोल स्थित गोरखाकाली रबर उद्योग नजिकै गोरखा आँबुखैरेनी सडकखण्ड,अवरुद्ध भएकोमा एक तर्फी सञ्चालनमा आएको छ । त्यस्तै, शहिदलखन गाउँपालिका वडा नं ३ पनौती स्थित मझुवा गाउँपालिका वडा नं ७ लापुबेशी स्थित आरुघाट माछीखोला सडकखण्ड र तनहुँ तुरतुरे बाट ठाँटीपोखरी आउने सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार