गोरखामा निषेधाज्ञा एकसाता थपियो, केही सरकारी कार्यालय खुल्ने


गोरखा खबर
  • शुक्रबार, असार ११ २०७८

  • गोरखाखबर(गोरखा, ११ असार) । गोरखामा निषेधाज्ञा एकसाता थपिएको छ । पछिल्लो समय देखिएका संक्रमण दर, प्रवृत्ति र मृत्युदरको विश्लेषण समेतको आधारमा जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले असार १२ गते राती १२ बजे देखि असार १९ गते राती १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञाको अवधि एकसाताका लागि थप्ने निर्णय गरेको हो ।  सेवाग्राहीको चाप हुने जिल्ला प्रशासन, मालपोत, र नापी कार्यालय बाहेकका सरकारी कार्यालयले न्यूनतम कर्मचारी खटाई सुरक्षित भएर सेवा प्रवाह गर्ने, भौत्तिक दुरी एवं स्वास्थ्य मापदण्ड पालना गर्दे बैंक तथा वित्तिय संस्थाहरुले कार्यालय खोल्न पाउने  गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलद्वारा शुक्रवार जारी  निषेधाज्ञामा उल्लेख छ । त्यस्तै दैनिक उपभोग्य खाद्यान्न, फलफुल, दुध माछा मासु लगायत अत्यावश्यक पसलहरु बिहान ५ देखि ११ बजे सम्म खुल्नेछन् भने यस अघि बन्द रहेका स्टेशनरी, फेन्सी, फर्निचर, मोवाईल, इलेक्ट्रोनिक्स, सुनचाँदी, लगायतका पसल बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्न पाउनेछन् । बैठकले अत्यावश्यक सेवाका सवारी साधान बाहेक निजी र सार्वजनीक यातायातका साधन भने अझै संचालन गर्न नपाईने विगतकै निर्णय लाई निरन्तरता दिएको छ । गोरखामा गत बैशाख २१ गते राती १२ बजे देखि पहिलो पटक निषेधाज्ञा जारी भएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार