निषेधाज्ञामा यात्रु ओसार्ने दुई सवारी साधन लाई कारवाही


गोरखा खबर
  • बिहिबार, असार १० २०७८

  • गोरखाखबर(गोरखा,१० असार) । निषेधाज्ञामा सवारी पासको दुरुपयोग गरेर यात्रु ओसार्ने दुइवटा सवारी साधन लाई स्थानीय प्रशासनले कारवाही गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक सुचना नै जारी गरेर काठमाण्डौं देखि गोरखा भाडामा यात्रु बोक्ने हरियो नम्वर प्लेटको बा.१.य. १४५६ र बा.१७ च २८९३ रातो नम्वरको  स्कारपियो कारवाहीमा परेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौं बाट जारी पासको दुरुपयोग गर्दै निषेधाज्ञामा प्रत्येक संग २ हजारका दरले भाडा लिएर यात्रु ओसार्ने चालकहरु नुवाकोट शिवपुरी गाउँपालिका ७ का २८ वर्षीय सन्तोष पाण्डे र भीमसेन थापा गाउँपालिका वडा नं ५ का २६ वर्षका सुनिल श्रेष्ठ कारवाहीमा परेको हो । स्कारपियो नियन्त्रणमा लिई दुवै जना लाई जनही १० हजार रुपियाँ जरिवाना गराएर जिल्ला प्रशासन कार्यालय गोरखाले छाडेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार