गोरखामा खोलाले बगाउँदा बर्दियाका चौधरी बेपत्ता


गोरखा खबर
  • मंगलबार, असार १ २०७८

  • गोरखाखबर(गोरखा,१असार) गोरखामा खोलाले बगाए बर्दियाका एकजना बेपत्ता भएका छन । गोरखाको आरुघाट गाउँपालिका वडा नं २ मान्वुको कटुन्जे जाने क्रममा स्थानीय ठोटनेरी खोलामा आएको बाढीले बगाउँदा बर्दियाका ३८ वर्षीय गोविन्द चौधरी वेपत्ता भएको प्रहरीले जनाएको छ । निरन्तर परेको पानी पछि ठोटनेरी खोलामा आएको बाढीले तीनजना साथी सहित ट्रक मर्मतका लागि जादै गरेका चौधरी लाई मंगलवार बिहान बगाएको हो । खोलाले बगाएर बेपत्ता चौधरीको खोजी कार्य भइरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार