गोरखाखबर(गोरखा,२७ जेठ) । गोरखा घर भएका ११ जना युवाको समूह ‘जुरायो’ले गोरखामा कार्डियाक मनिटर, अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, अक्सिमिटर लगायतका १८ लाख बराबरको सामाग्री सहयोग गरेको छ । गोरखा नगरपालिकाले उद्योग वाणिज्य संघमा बनाएको आइसोलेसनका लागि ७ वटा कार्डियाक मनिटर, ७ वटा अक्सिजन कन्सन्ट्रेटर लगायतका उपकरण सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जुरुयो समूहका सदस्य रञ्जितकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै जिल्लाका ९४ वटा स्वास्थ्यचौकीका लागि अक्सिमिटर, थर्मलगन, मास्क तथा सेनीटाइजर पनि उपलब्ध गराएको छ ।

आइसोलेसनका लागि दिइएको उपकरण सहित स्वास्थ्य सामाग्री बिहीवार एक कार्यक्रम बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्त लाई ‘जुरायो’समूहका सदस्य रञ्जितकुमार श्रेष्ठ र महेश श्रेष्ठले हस्तान्तरण गरे । त्यस्तै स्वास्थ्य चौकीहरुका लागि दिइएको स्वास्थ्य सामाग्री जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ लाई हस्तान्तरण गरेको थियो । गोरखा घर भई काठमाण्डौं र हङकङ बस्ने ११ जना युवाहरुले बनाएको ‘जुरायो’समूहले गोर्खालीको अग्रसरता, गोरखाको लागी’ भन्ने अभियान अन्तर्गत जुटेको रकम बाट उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको हाृे । निषेधाज्ञा बाट आर्थिक संकटमा परेर जीवनयापनमा कठिनाई भएकाहरु पहिचान गरी राहत वितरण गर्नका लागि जुरायो समूहले नेपाल रेडक्रस सोसाइटी लाई एकलाख रुपियाँ पनि हस्तान्तरण गरेको छ ।