गोरखाखबर(गोरखा, १४ जेठ) । गोरखामा जारी निषेधाज्ञा आगामी जेठ २५ गते सम्मका लागि थप भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाको बैठले जारी निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो । यस अघि जेठ १५ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निर्माण सामग्री ढुवानी रातीमा गर्न दिने यस अघिको निर्णयलाई परिर्वतन गर्दै दिउँसोको समयमा ढुवानी गर्न पाउने निर्णय गरेको छ । त्यस्तै, निर्माणका काममा खटिने मजदुर जिल्ला भित्रै एकठाउँबाट अर्को ठाउँमा जानका लागि अनुमती लिएर लैजान सकिनेछ ।कोरोना संक्रमण बढ्न थाले पछि पहिलो पटक बैशाख २२ देखि ३१ सम्म निषेधाज्ञा जारी गरेको थियो ।