गोरखाखबर(गोरखा,११ जेठ) । गोरखा नगरपालिकाका विभिन्न वडाका गरी थप ५० जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ का ४ महिला र ४ पुरुष गरी ८ जना, वडा नम्बर ९ को २ पुरुष, वडा नम्बर १ को २ महिला र ३ पुरुष गरी ५ जना, २ को ६ महिला र ७ पुरुष गरी १३ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए । त्यस्तै वडा नम्बर ४ मा ५ महिला र ६ पुरुष गरी ११ जना, ३ मा ४ महिला, ८ मा २ महिला र २ पुरुष गरी ४ जना र वडा नम्बर ९ मा एक पुरुषमा , शहिद लखन गाउँपालिका ७ ठेगाना रहेका १ महिला र १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।