गोरखाखबर(गोरखा,११ जेठ) । गण्डकी प्रदेश सरकारले ८ हजार ६ सय ५५ एन्टीजेन किट्स गोरखाका लागि प्रदान गरेको छ । जिल्लाका स्थानीय तहमा कोरोना परिक्षणका लागि उक्त एन्टीजेन किट्स स्वास्थ्य कार्यालय गोरखा लाई प्रदान गरेको हो । गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारको तर्फबाट जिल्लाका विभिन्न पालिकाका लागि स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरी लाई हस्तान्तरण गरे । एन्टीजेन किट्स हस्तान्तरण कार्यक्रममा मन्त्री बस्नेतले प्रदेश सरकारले पठाएको सामाग्री हस्तान्तरण मात्र आफूले हस्तान्तरण गरेको बताउँदै अहिले कसले जस लिने भन्दा पनि जनताको जीवन रक्षा सबैको पहिलो प्राथमिकता हुनुपर्ने कुरामा जोड दिए । पिसिआर रिर्पाेर्ट परिक्षणमा ढिलाई भए पछि अहिले गाउँ गाउँमा एन्टीजेनको परिक्षण गर्ने क्रम बढेको छ ।