गोरखा अस्पताल लाई दियो शुभकामनाले स्वास्थ्य सामाग्री


गोरखा खबर
  • सोमबार, जेष्ठ १० २०७८

  • गोरखाखबर(गोरखा,१० जेठ) । गोरखा अस्पताल लाई शुभकामना महिला समूहले स्वास्थ्य तथा सरसफाई सामाग्री प्रदान गरेको छ । हरमटारी स्थित शुभकामना महिला समूहले १ सय वटा लाइफब्वाई साबुन, ३७ जोड ग्लोप्स, हातधुने लिक्वीड १० बोतल र ५ लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । अस्पतालका स्वास्थ्यकर्मी र आइसोलेसनमा रहेका संक्रमित लाई स्वास्थ्य सुरक्षा अपनाउन सहयोग पुगोस भन्ने उद्देश्यले सामाग्रीहरु प्रदान गरेको समूहकी अध्यक्ष पार्वती पाठकले जानकारी दिइन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार