गोरखाखबर(गोरखा, ५ जेठ) । गोरखाको बारपाकका ३३ जनामा कोरोना संक्रमण देखिएको छ । केही दिन यता बारपाकका स्थानीयमा रुघा, खोकी ,ज्वरो जस्ता कोरोना संग मिल्दाजुल्दा लक्षण देखिएको थियो । नेकपा माओवादी केन्द्रका नेता एवम् राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले गरेको ७० जनाको एन्टीजेन परिक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । केही दिन अघि गोरखा आएको सांसद श्रेष्ठ नेतृत्वमा रहेको स्वास्थ्यकर्मी सहितको टोलीले गोरखाको पालुङटार, अजिरकोट, जौबारी र बारपाक लगायतको ठाउँमा पुगेर कोरोना संक्रमणको अवस्था बारे बुझ्ने, मास्क, औषधी, सेनीटाइजर लगायतका स्वास्थ्य सामाग्री दिने र एन्टीजेन परिक्षण गर्ने काम गर्दै आएको छ ।