गोरखाखबर(काठमाण्डौं,४ जेठ) । गण्डकी प्रदेश सहित कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा बुधबार बेलुकादेखि शुक्रबारसम्म भारी वर्षा हुने सम्भावना रहेको छ । शक्तिशाली चक्रवात ताउ–ते उत्तर–उत्तरपश्चिम हुँदै सोमबार राति गुजरात पुगेर ठोक्किएको छ । चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको हुने र उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ । यो मौसममा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी तथा असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु मौसमविदले महाशाखाले अनुरोध समेत गरेको छ ।