नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्ल्यूएचओ


गोरखा खबर
  • शनिबार, जेष्ठ १ २०७८

  • गोरखाखबर(काठमाण्डौं, १ जेठ) । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्। शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन्। अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए।

    प्रतिक्रिया

    सम्बन्धित समाचार