गोरखाखबर(गोरखा,३० बैशाख) । गोरखा जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल पत्रकार महासंघ गोरखाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र लाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शलिग्राम शर्मा पौडेललाई महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले बिहीवार ध्यानाकर्षण पत्र बुझाएको हो । महासंघका अध्यक्ष नरहरी सपाकोटा र सचिव बिकास मरहट्टाद्धारा हस्ताक्षरित ७ बुँदे ध्यानाकर्षण पत्रमा कोरोना संक्रमितको उपचारका लागी स्वास्थ्य उपकरण सहितको पर्याप्त शैया भएको सुविधा सम्पन्न आइसोलेसन केन्द्र निर्माण गर्न आग्रह गरेको छ । त्यस्तै निषेधाज्ञामा अतिआवश्यक सेवा बाहेक अन्यलाई निषेध गरिएपनि बिभिन्न नाममा परिचयपत्रको दुरुपयोग गर्दै मानिसहरु आउजाउ गर्ने काम बढेकाले निषेधाज्ञाको दायरा बढाउन पनि माग गरिएको छ ।