गोरखाखबर(पोखरा,२९ बैशाख) । पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सिताकुमारी पौडेलले धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका हैसियतले गुरुङलाई फेरि पनि मुख्यमन्त्री नियुक्त गरेको हो । गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गर्दै उनले पदभार ग्रहण गरेका हुन् । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएको फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए ।