नागरिकको जीवन रक्षा गर्न काँग्रेस गोरखाको माग


गोरखा खबर
  • सोमबार, बैशाख २७ २०७८

  • गोरखाखबर(गोरखा,२७ बैशाख) । नेपाली काँग्रेस गोरखाले कोभिड–१९ का कारण जिल्लामा उत्पन्न विषय परिस्थिती सहज बनाएर नागरिक जीवन रक्षा गर्न सरकार संग माग गरेको छ । नेपाली काँग्रेस गोरखाका सचिव नन्द प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सोमवार जारी १० बुँदे माग सहितको प्रेस विज्ञप्तीमा गोरखा अस्पताल, आँपपिपल अस्पताल, आरुघाट, मकैसिङ र जौबारी प्राथमिक स्वास्थ्यमा अक्सीजन सहितको आइसोलेसन शैया बढाउनुपर्ने, निषेधाज्ञाको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्नुपर्ने, भौगोलिक रुपमा विकट चुमनुब्री र धार्चे गाउँपालिकामा खाद्यान्न तथा औषधी अभाव हुन नदिन भण्डारण गर्नुपर्ने र आवश्यक उपकरण तथा औषधी खरिद तत्काल व्यवस्था गरिनुपर्ने लगायतका माग उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार