रहेनन् ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधान


गोरखा खबर
  • बिहिबार, बैशाख २३ २०७८

  • गोरखाखबर(काठमाण्डौ,२३ बैशाख) । ख्यातिप्राप्त गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधानको स्वास्थ्यमा समस्या आएपछि केही दिन अगाडि सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमै निधन भएको हो । बिहीबार दिउँसो करिब पौने १ बजे हृदयघातबाट निधन भएको थियो। प्रधानको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ । गायक तथा संगीतकार प्रधानका घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँमा, नमान लाज यस्तरी, गुलाबी घुम्टो उघारिदेउ लगायतका गीतहरु चर्चित छन । प्रधान वि.सं.१९९३ मा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार