गोरखा सहित ३ स्थानीय तहमा आजदेखि निषेधाज्ञा


गोरखा खबर
  • बुधबार, बैशाख २२ २०७८

  • गोरखाखबर(गोरखा,२२ बैशाख)। गोरखाका २ नगरपालिका र १ गाउँपालिकामा आज देखि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण जोखिम लाई मध्यनजर गर्दै सदरमुकाम समेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा बैशाख ३१ गते राती १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । डिसिसिएमसी र कोभिड–१९ जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठक पछि जिल्ला प्रशासन कार्यालय गोरखाले आजदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको हो । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार