गोरखाखबर(गोरखा,१५ बैशाख) । गोरखामा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक युवाले आत्महत्या गरेका छन । गोरखा नगरपालिका वडा नं १४ याङ्कोटका ३६ वर्षीय सुब्बा उप्रेतीले मंगलवार होम आइसोलेसनमै आत्महत्या गरेका हुन । होम आइसोलेसनमा बसेको कोठामै सलको पासोमा झुण्डीएर आत्महत्या गरेको गोरखाका डिएसपी प्रकाश दाहालले बताए । भारतको फरिदाबादको एक कपडा उद्योगमा कार्यरत उनी चैत २६ गते घर आइपुगेका थिए । भारत बाटै आएका गाउँका एकजनाको मृत्यु भए पछि उनले पनि नमुना परीक्षण गराएकोमा गत बैशाख १० गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।