गोरखाखबर(काठमाण्डौं,१३ बैशाख) । कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि स्थानीय प्रशासनहरूले काठमाण्डौं उपत्यकामा वैशाख १६ गते बिहानदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेका छन्।विभिन्न प्रतिबन्ध लगाइएको आदेश वैशाख २२ मध्यरातीसम्म कायम रहने काठमाण्डौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञामा निम्न कुराहरूमा प्रतिबन्ध लगाइएको छ :
अन्यावश्यकबाहेक सबै सेवा र व्यापारव्यवसाय
सभा सम्मेलन, तालिम, गोष्ठी र सेमिनार
सार्वजनिक र निजी सवारीसाधन
सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना
अत्यावश्यक सेवा बाहेकका सार्वजनिक सेवा