एनआरएनएले गुप्सीपाखामा बनाएको बस्ती लाप्राकी लाई हस्तान्तरण


गोरखा खबर
  • शुक्रबार, बैशाख १० २०७८

  • गोरखाखबर(गोरखा,९ बैशाख) । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको गुप्सीपाखामा भूकम्प पीडितका लागि बनाएको नमुना बस्ती बिहीवार हस्तान्तरण गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवाली लाभग्राही डम्वर सिंह गुरुङले जग्गाको लालपुर्जा प्रदान गरेर बस्तीको हस्तान्तरण कार्यक्रमको शुरुवात गरे । उक्त कार्यक्रममा बोल्दै निर्देशक ज्ञवालीले नमुना बस्तीको थप भौत्तिक पूर्वाधार विकासका २८ करोड रुपियाँ विनियोजन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरुले रगत र पसिना कमाईबाट नमुना बस्ती निर्माणमा सहयोग गरेकोले यसको संरक्षण जिम्मा अव स्थानीयको भएको बताए ।

    धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका भूकम्प पीडितका लागि कूल ६१ करोड ४० लाख २८ हजार ३ सय १५ रुपियाँको लागतमा गुप्सीपाखामा ५सय ७३ घरको नमुना बस्ती निर्माण गरिदिएको गैरआवासीय नेपाल संघले जनाएको छ । राष्ट्रपतिको विद्यादेवी भण्डारीको उपस्थिती २०७३ बैशाख १२ गते राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघ बीच लाप्राक नमुना बस्ती निर्माणको सम्झौता भएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार