गोरखाखबर(गोरखा,३१ चैत) । गोरखाको नामजुङमा ट्याक्टर बाट खसेर एक बालकको मृत्यु भएको छ । शहिद गाउँपालिका वडा नं ९ नामजुङमा सरस्वति आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत वर्ष १३ का विवश ढकालको ग.१.त.४५८२ नम्वरको ट्याक्टर बाट खसेर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए । बिहानी कक्षा सकेर घर सोही ट्याक्टर चढेर घर आउने क्रममा ट्याक्टर बाट खसेपछि ट्याक्टरले किच्दा ज्यान गएको हो ।