गोरखाखबर(काठमाण्डौं,२३ फागुन) । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले फैसला गरेको हो ।
को हुन कट्टेल ?
गोरखा नगरपालिका वडा नं ८ कट्टेलडाँडा निवासी लामो समय देखि राजनितिमा क्रियाशील ऋषि कट्टेल २०४७ पछि एमाले गोरखाका सचिव थिए । नेकपा एमाले विभाजन भएर वि.सं.२०५४ माले एमाले हुदा मालेमा लागे । पुन २०५८ बामदेव गौतम लगायतका नेता एमालेमै फर्किए पनि कट्टेल सिपी मैनाली नेतृत्वको मालेमा रहे ।२०६९ आफ्नै अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए।