गोरखाखबर(गोरखा,२३ फागुन) । बौद्ध धर्मालम्वीहरुको बसोबास रहेको गोरखाको अति दुर्गम चुम उपत्यकामा टोलै पिच्छे गुम्वै गुम्वा रहेको छ तर भूकम्पले गएको ५ वर्ष सम्म पनि कुनै पनि गुम्वाको पुननिर्माण हुन सकेको छैन । चुमनुब्री गाउँपालिका वडा नं ७ छेकम्पारमा रहेको पुरातात्विक तथा धार्मिक महत्वका २४ वटै गुम्वा क्षति पुगेको तर अहिले सम्म पुननिर्माण नभएको प्रमुख लामा समेत रहेका वडा नं ७ का वडाध्यक्ष पासाङ फुन्जो लामाको भनाई छ ।गत आर्थिक वर्षमा एक्जीएम बैंक स्रोत बाट गुम्वा पुननिर्माणका लागि कार्यक्रम स्वीकृत भएर आए पनि बजेट नआए पछि सबै गुम्वाको पुननिर्माण हुन नसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण आचार्यले बताए । जनाएको छ ।यस क्षेत्रमा लामा र आनी गुम्वा गरी दुई प्रकारका गुम्वाहरु रहेका छन ।
भिडियो :