गोरखाखबर(गोरखा,२९ माघ) । कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान) गोरखाको ७ औं साधारण सभा बुधवार सम्पन्न भएको छ । क्यान महासंघका सचिव जगन बहादुर गुरुङको प्रमुख आतिथ्यता र क्यान गोरखाका अध्यक्ष नोख बहादुर बोगटीको सभापत्विमा साधारण सभा सम्पन्न भएको हो । साधारणसभाले सचिव बावुराम तिवारीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष भक्तराम रानामगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन लाई सर्वसम्मतिबाट पारित गरेको छ । साइबर अपराध र साइबर सुरक्षा सम्वन्धी चेतनामूलक कार्यक्रम, नेपाली टाइपिङ प्रतियोगिता र व्यवसाय प्रबद्र्धन सम्वन्धी तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।