गोरखाखबर(गोरखा,२८ माघ) । गोरखा आँबुखैरेनी सडक खण्डको ९ किलोमा बिहीवार बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । गोरखाबाट तनहुँ आबुखैरेनी तर्फ जाँदै गरेको बा.१.ख.४५२२ नम्वरको बस र बिपरीत दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२–०२२प.६४२२ नम्वर पल्सर मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार गोरखा अजिरकोट गाउँपालिका ३ बस्ने वर्ष ३२ का केशव दवाडीको उपचारका क्रममा मृत्यु भएको गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । घाइते भएका मोटरसाइकल चालक गोरखा सिरानचोक गाउँपालिका ८ बस्ने वर्ष १७ का विशाल पन्थको उपचार भइरहेको छ । बस र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।