गोरखाखबर(गोरखा,२७ माघ) । श्रृंखलाबद्ध महिला हिसां, बलात्कार तथा हत्याको घटनाका दोषी लाई तत्काल कारवाही गर्न दारी ग्याङ गोरखाले सरकार संग माग गरेको छ । दारी ग्याङ गोरखाले मंगलवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्री लाई देशका विभिन्न ठाउँमा भइरहेको महिला हिसां, बलात्कार र हत्याका घटनाका दोषी उपर कारवाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानार्कषणपत्रमा सदरमुकाकै विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षीया बालिका बलात्कार, शहिद लखन गाउँपालिका वडा नं ७ की १४ वर्षीया बालिका लाई बलात्कारको प्रयास, बैतडीमा भागीरथी भट्टको बलात्कार पछि हत्याको घटना लगायतका दोषी उपर कारवाही गर्न सरकार लाई बुझाएको दारी ग्याङको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।