बलात्कारी लाई कारवाही गर्न नेविसंघको माग


गोरखा खबर
  • सोमबार, माघ २६ २०७७

  • गोरखाखबर(गोरखा,२६ माघ) । नेपाल विद्यार्थी संघ गोरखाले देशका विभिन्न ठाउँ भएको बलात्कार तथा बलात्कार पछि हत्याका घटनाका दोषी उपर कारवाही गर्न सरकार संग माग गरेको छ । नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष सुवास अधिकारीको नेतृत्वमा गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई लाई ज्ञापनपत्र बुझाएको हो । जिल्ला प्रशासन मार्फत कार्यालय प्रधानमन्त्री लाई पठाएको उक्त ज्ञापनपत्रमा बैतडीको दोगडाकदार गाउँपालिका ७ कि भागिरथी भट्टको बलात्कार पछि भएको हत्या, गोरखा सदरमुकामकै विद्यालयमा एक ४ वर्षकी बालिकाको बलात्कार लगायत देशका विभिन्न ठाउँमा भएका घटनाका दोषी लाई तत्काल कारवाही गरी बढिरहेको दण्डहिनताको अन्त्य गर्न माग गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार