भागीरथी भट्टको हत्यारा लाई कारवाहीको माग गर्दै गोरखामा मैनबत्ती जुलुश


गोरखा खबर
  • आइतबार, माघ २५ २०७७

  • गोरखाखबर(गोरखा,२५माघ) । नेपाल विद्यार्थी संघ गोरखाले आइतवार साँझ मैनबत्ती जुलुश निकालेको छ । बैतडीमा १७ वर्षीय भागीरथी भट्टको हत्यारा लाई कारवाहीको माग गर्दै बसपार्कदेखि हरमटारी चोक सम्म छातीमा विभिन्न नारा टासेर हातमा मैनबत्ती बोकेर जुलुश निकालेको हो । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा मूलूकमा दण्डहिनता बढेको र भागीरथी भट्टको हत्यारा तत्काल पत्ता लगाएर कारवाही गर्नका लागि सरकार दबाब दिन मैनबत्ती जुलुश निकालेको भन्दै नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष सुवास अधिकारीले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार