आमहड्तालले गोरखाको पनि जनजीवन प्रभावित(भिडियो हेर्नुहोस्)


गोरखा खबर
  • बिहिबार, माघ २२ २०७७

  • गोरखाखबर(गोरखा,२२ माघ) ।नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड माधव) समूहले बिहीवार आह्वान गरेको आमहड्तालका कारण गोरखाको जनजीवन पनि प्रभावित बन्यो । सरकारले असंवैधानिक तरिकाले संवैधानिक निकायको नियुक्तको गरेको विरोधमा आयोजना गरेको आमहडतालका कारण लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन सञ्चालन हुन सकेन । बजारका पसल, बैंक तथा वित्तिय संस्थाहरु नखुल्दा कारोबारहरु ठप्प रह्यो । गोरखाको हरमटारी चोकमा बसेर चण्ड माधव समूहका बन्दकर्ता बसेर बन्द गराएका थिए भने धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । त्यस्तै हड्तालका कारण निजी तथा विद्यालय सहित शैक्षिक संस्थाहरु बन्द रहदा शैक्षिक क्रियाकलाप प्रभावित बन्यो ।

    भिडियो

    प्रतिक्रिया

    सम्बन्धित समाचार