नेकपा प्रचण्ड–माधव समूहद्वारा आमहड्ताल घोषणा


गोरखा खबर
  • बुधबार, माघ २१ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२१ माघ) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सरकारले असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा बिहीबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गरेर प्रचण्ड–माधव समूहले सरकारको असंवैधानिक कदमविरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्र रक्षाका लागि बाध्य भएर आफुहरुले आमहड्ताल आव्हान गर्नुपरेको जानकारी दिए । आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधिलगायत अत्यावश्यक सेवाहरु सुचारु हुने जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार