तीनवर्ष देखि प्रदेश सांसद दवाडीको तलबभत्ता निर्वाचन क्षेत्रमै सहयोग


गोरखा खबर
  • बुधबार, माघ २१ २०७७

  • गोरखाखबर(गोरखा,२१ माघ) । गण्डकी प्रदेश सदस्य प्रकाशचन्द्र दवाडीले आफूले पाउने तलबभत्ता ३ वर्ष देखि निर्वाचन क्षेत्रको विकास निर्माणमै सहयोग गर्दै आएका छन । गोरखा क्षेत्र नं २ (ख) बाट निर्वाचित दवाडीले सपथ ग्रहण संगै राज्य बाट पाउने सेवा सुविधा जनसेवामै लगानी गर्ने घोषणा गरेका थिए । सोही अनुसार आफूले पाएको सेवा सुविधा र व्यक्तिगत समेत गरी पहिलो वर्ष १२ लाख, दोस्रो वर्ष १० लाख र २०७६ पुस देखि २०७७ पुस सम्म ८ लाख ९१ हजार १ सय ६६ रुपियाँ विकास निर्माण, गरिब तथा विपन्नको उपचार र लकडाउनमा राहत वितरण लगायतका काममा आफ्नो निर्वाचन सहयोग गरेको प्रदेश सभा सदस्य दवाडी जानकारी दिए । प्रदेशसभा सदस्य दवाडीले गत पुस देखि २०७७ पुस सम्म गरेको सहयोगको सुची अन्तर्गत क्लब तथा आमा समूह लाई सहयोग, सडक निर्माण, लकडाउनमा राहत वितरण, विद्यालयहरु लाई सहयोग, दुर्घटनाका घाइते र विपन्नको उपचार लगायतका शीर्षक उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार