गोरखाखबर(गोरखा,२१ माघ) । जिल्ला प्रशासन कार्यालय गोरखाले कार्य सञ्चालन विधिको हाते पुस्तक प्रकाशन गरेको छ । प्रकाशित पुस्तकको मंगलवार आयोजित एक सर्वपक्षीय छलफल कार्यक्रम बीच गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले लोकार्पण गरे । छलफलमा पुस्तक र कार्यालयले प्रदान गर्दै आएको सेवा प्रवाह बारे सहायक प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी गराएकी थिइन । नागरिक वडापत्रकै विस्तृत रुप रहेको कार्य सञ्चालन विधि सम्वन्धी ४० पृष्ठ र १८ भागको उक्त पुस्तकको प्रशासन कार्यालयको काम, कर्तव्य अधिकार देखि कार्यालय बाट प्रदान गरिने सेवा र सम्वन्धित सेवा लिदा सेवाग्राहीले पेश गर्नुपर्ने कागजातको विवरण समेत उल्लेख छ ।