गोरखाखबर(गोरखा,१९ माघ) । भूमी सम्बन्धि समस्या समाधान आयोग गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा नियुक्त भएका छन् । । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा सरकारले शहिद लखन गाउँपालिका वडा नं ९ नाम्जुङ्ग निवासी थापा लाई आयोगको अध्यक्ष नियुक्त गरेको हो । त्यस्तै आयोगको विज्ञमा बिराज गुरुङ्ग र सदस्यमा कमल दानी लाई नियुक्त गरेको छ । गुरुङ्ग गोरखा केराबारी निवासी हुन भने दानी सिरानचोक निवासी हुन । अध्यक्ष देवी ज्ञवाली अध्यक्ष रहेको आयोगमा बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले शपथ ग्रहण गराउने कार्यक्रम रहेको रहेको छ ।