गोरखाखबर(काठमाण्डौं, १२ माघ) । पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को आयव्यय सार्वजनिक गरेको छ । समितिले सोमवार पत्रकार सम्मेलन गरेर १ करोड २० लाख ६६ हजार ९ सय ८७ रुपियाँ बराबरको आयव्यय सार्वजनिक गरेको हो । समितिका अध्यक्ष विनोदबावु अर्यालले सार्वजनिक गरेको आयव्ययमा पानी महसुल विलम्व शुल्क, धरौटी शुल्क, नयाँ सदस्यता शुल्क, मिटर विक्री, ठाउँसारी, नाउँसारी शुल्क, जडान शुल्क बाट संस्थाले आम्दानी गरेको उल्लेख छ । त्यस्तै व्ययतर्फ श्रोत मुआब्जा, स्तर उन्नति, मर्मत सम्भार, भवन निर्माण, ढुवानी खर्च, विपत व्यवस्थापन कोष लाई सहयोग र कार्यालय व्यवस्थापन लगायतका खर्च शीर्षक उल्लेख छ ।