गोरखाखबर(गोरखा,११ माघ) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले वर्तमान परिस्थितीको दोषी केपी ओली मात्र नभई प्रचण्ड र माधव नेपाल पनि भएको बताएका छन । गोरखा सदरमुकाममा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले कर्ता केपी ओली भए पनि उनले गरेका गलत कामको साक्षी नेकपाका प्रचण्ड र माधव नेपाल पनि भएकोले ३ जना नै दोषी भएको बताए । अवको कुनै पनि चुनावमा विगतमा जस्तो गोरखा क्षेत्र नं २ का काँग्रेस कार्यकर्ताले रुख चिन्ह बाहेकमा मतदान गर्न नपर्ने पनि केन्द्रीय सदस्य पाण्डेको भनाई छ ।