आरुघाटमा ओली नेतृत्व नेकपाको अगुवा कार्यकर्ता भेला


गोरखा खबर
  • शनिबार, माघ १० २०७७

  • गोरखाखबर(गोरखा,१० माघ) । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आरुघाट गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले निर्वाचन मार्फत प्राप्त हुने ताजा जनादेशले मूलूक लाई थप अग्रगमन तर्फ लैजाने दाबी गरे । गणतन्त्र तथा संघीयता नै खतरामा पार्ने स्थिती बाट बचाउनका लागि प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको पनि मन्त्री बस्नेतले बताए ।आरुघाटको मंगलटारमा शनिवार आयोजित ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भेलामा उक्त पार्टीका केन्द्रीय सदस्य, जिल्ला सदस्य, गाउँपालिका स्तरका नेता सहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु सहित स्थानीय कार्यकर्ता तथा समर्थकहरुको सहभागीता रहेको केन्द्रीय सदस्य कृष्ण नेपालीले जानकारी दिए।

    प्रतिक्रिया

    सम्बन्धित समाचार