संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपति दण्डित हुनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई


गोरखा खबर
  • शुक्रबार, माघ २ २०७७

  • गोरखाखबर(गोरखा,२ माघ) । पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले असंवैधानिक रुपमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी दण्डित हुनुपर्ने बताएका छन । गोरखा आएका पूर्व प्रधानमन्त्री भट्टराईले शुक्रवार पत्रकार भेटघाटका क्रममा बोल्दै अदालतले संसद पुर्नस्थापना गरेको खण्डमा अवको प्रधानमन्त्री शेर बहादुर देउवालाई बनाउनुपर्ने तर्क गरे । प्रधानमन्त्री ओलीले चुनाव गराउने कुरामा कुनै विश्वास नभएको र अहिले सम्म अदातलको झारा टार्ने गतिविधि हेर्दा पनि सर्वाेच्च अदालत बाट धेरै आशा गर्ने अवस्था नभएको पनि डा.भट्टराईको भनाई छ । यस अघि उनले जिल्लाका विकास निर्माण संग सम्वन्धित कार्यालयका प्रतिनिधिहरु संग पनि छलफल गरेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार