काँग्रेस सभापति देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मीक अवतरण


गोरखा खबर
  • बिहिबार, माघ १ २०७७

  • गोरखाखबर(गोरखा,१ माघ) । नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा चढेको हेलिकप्टर बिहीवार गोरखा पालुङटारमा आकस्मीक अवतरण गरेको छ । काठमाण्डौं बाट पर्वतको लागि उडेको हेलिकप्टर मौसममा आएको खराबीका कारण दिउँसो १ बजेको समयमा गोरखाको पालुङटार नगरपालिका वडा नं २ आँपपिपलको रिप गाउँमा आकस्मीक अवतरण गरेको हो । अवतरण भएको २० मिनेट पछि हेलिकप्टर फेरी पर्वतका लागि उडेको प्रहरीले जनाएको छ । तत्कालिन माओवादीले हत्या गरेका हरिदत्त तिवारीको स्मृति कार्यक्रममा भाग लिन सभापति देउवा सहित काँग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी हेलिकप्टरमा पर्वतका लागि उडेका थिए ।

    तस्वीर सौजन्य : नेपाल प्रेस

    प्रतिक्रिया

    सम्बन्धित समाचार