गोरखाखबर(गोरखा,२० पुस) । गोरखाको उत्तरी दुर्गम चुमनुब्री गाउँपालिकाको विभिन्न ठाउँमा सोमवार हिमपात भएको छ । मनास्लुको क्षेत्रको सामागाउँ, साम्दो सहित चुम उपत्यकाको पनि केही भागमा हिउँ परेका स्थानीयले जनाएका छन । नुब्री उपत्यकाको साम्दोमा सोमबार बिहानै ३ बजे देखि नै हिउँ परेको स्थानीय निमा दोर्जेले जानकारी दिए । हिउँ परेर चिसो बढे पछि जनजीवन कष्टकर बनेको छ । उक्त क्षेत्रमा यो वर्ष तेस्रो पटक हिउँ परेको हो । हिमपात संगै बालीनाली सप्रने भन्दै उक्त भेगका किसानहरु खुशी भएका छन