गोरखाखबर(गोरखा,१८ पुस) । तुलसी स्मृति पत्रकारिता पुरस्कार, २०७७ बाट गोरखाका पत्रकार भीमलाल श्रेष्ठ पुरस्कृत भएका छन । गोरखाको ऐतिहासिक लिगलिगकोटमा शनिवार नेपाल पत्रकार महासंघ गोरखाको १० औं साधारणसभामा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता श्रेष्ठ लाई दोसल्ला ओढाएर कदरपत्र सहित १० हजार राशीको पुरस्कार प्रदान गरे । गोरखा जिल्लामा रहेर दुई दशक देखि निरन्तर पत्रकारिता मार्फत दिगो विकास र समृद्धिमा गरेको योगदानको कदर स्वरुप नेपाल पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठ लाई छनौट समितिले यसवर्षको तुलसी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । गोरखाका समाजसेवी तुलसी अर्यालको स्मृतिमा स्थापित यो पुरस्कारबाट श्रेष्ठ सहित ६ जना पत्रकार पुरस्कृत भइसकेका छन ।