नारेश्वरमा बन्यो नयाँ स्वास्थ्य चौकी भवन


गोरखा खबर
  • बिहिबार, पुष १६ २०७७

  • गोरखाखबर(गोरखा,१६ पुस) । गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित स्वास्थ्य चौकी भवनको एक समारोह बीच बिहीवार गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संघीयताको कार्यान्वयन संगै गाउँगाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी, सिंचाई र विद्युतको क्षेत्रमा विकासले फड्को मारेको बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणको १ करोड ६५ लाख ९४ हजार रुपैयाको लागतमा उक्त स्वास्थ्य चौकीको भवनको निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) गोरखाकी प्रमुख सुनिता श्रेष्ठले जानकारी दिईन । वडा नं ३ का अध्यक्ष राम बोगटीको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा गोरखाका नगरपालिकाका मेयर राजनराज पन्त लगायतले मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार