गोरखाखबर(गोरखा,१४ पुस) । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहले सोमवार गोरखामा पनि प्रर्दशन गरेको छ । चाइनिजधारा बाट शुरु भएको विरोध जुलुश सरकार विरोधी नारा लगाउँदै हरमटारीचोकमा पुगेर सभामा परिणत भएको थियो सभा लाई केन्दीय सदस्य हरिराज अधिकारी र नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका अध्यक्ष दिनेशचन्द्र देवकोटा , गण्डकी प्रदेशका कृषि मन्त्री एवं पार्टीका अध्यक्ष लेख बहादुर थापाले सम्वोधन गरेका थिए । जुलुश चाइनिज धारा स्थित साबिक एमाले कार्यालय बाट निकाल्ने खोजे पछि केही बेर कार्यालय प्रयोगका विषयमा केही बेर नेकपाका प्रचण्ड माधव समूह र ओली समूह बीच भनाभन र तानातानको स्थिती पैदा भएको थियो । कार्यालय भित्रै प्रहरी प्रवेश गरेर तनाबको स्थिती नियन्त्रणमा लिएको थियो । एकता भएर नेकपा भए पछि साबिक माओवादीको कार्यालय पार्टी कार्यालय र साविक एमाले कार्यालय नगर कमिटि तथा जनवर्गीय संगठनको कार्यालयका रुपमा सञ्चालन हुदै आएको थियो ।